सुवास नेम्वाङको दृढताका कारण संविधान बन्यो : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानसभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताएका छन् ।
मंगलबार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताएका हुन् ।
उनले नेम्वाङले त्यस बेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बताए । नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उनले उल्लेख गरे । उनले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग संवाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रुपमा स्थापित भएको बताए ।
महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक