एफ्टेक मोर्टसको स्टलबाट भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण

काठमाडौँ । ‘नाडा अटो सो’मा एफ्टेक मोर्टसको नाममा स्टल राखी नेपाल आइसकेको एफडि मोर्टस ब्राण्डकै इलेक्ट्रिक स्कुटरको नेपालमा डिलर आवश्यकता भनी विज्ञापन गरिएको भन्दै ग्रन्थ इलेक्ट्रिक भेहिकलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले त्यस अफबाहमा नलाग्न आग्रह गर्दै सम्बन्धीत निकायलाई कारबाहीका लागि अनुरोध गरेको छ ।
‘नेपालको आधिकारिक बिक्रेता, तथा, बाणीज्य विभागमा एजेन्सी लाइसेन्स ग्रन्थ ईभीले उत्पादक कम्पनीसँग लिएर नेपाली बजारमा २०८० बैशाख २३ गतेबाट औपचारिक रुपमा आधिकारीक बिक्रेता भइ एफडि मोर्टसको इलेक्ट्रिक स्कुटर बिक्री बितरण गर्दै आई रहेको यहाहरु सबैलाइ अबगत नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि व्यक्ति, तथा संस्था भ्रममा नपर्नुहुन अपिल समेत गर्दछौ ।’
कम्पनीले नाडालाई एफ्टेक मोर्टसको स्टलबाट सो इलेक्ट्रिक स्कुटर यथाशीघ्र हटाउन लगाउन पनि ध्यानाकर्षण गराएको छ ।