सचिनको कीर्तिमान नजिक कोहली, सोमबारको खेलमा अरू के–के रेकर्ड तोडियो ?

काठमाडौँ । सोमबार सम्पन्न भारत र पाकिस्तानबीचको एसिया कपअन्तर्गत सुपर फोरको खेलमा विभिन्न कीर्तिमानहरू भङ्ग भएका छन् । कोलम्बोमा दुई दिन लगाएर खेलिएको खेलमा शानदार शतक बनाएका विराट कोहली महान् खेलाडी सचिन तेन्दुलकरले एकदिवसीय खेलमा बनाएको सर्वाधिक शतकको कीर्तिमान नजिक पनि पुगेका छन् ।
यो खेलमा सर्वाधिक ठुलो साझेदारीदेखि सबैभन्दा ठुलो स्कोरसम्मका अन्य कयौँ रेकर्ड बनेका छन् । हेरौँ के–के रेकर्ड बने :
१ – भारतले बनाएको २ विकेटको क्षतिमा ३५६ को स्कोर एकदिवसीयमा पाकिस्तानविरुद्ध बनाएको सबैभन्दा उच्च स्कोरको बराबरी हो । यसअघि सन् २००५ मा भारतले घरेलु मैदानमा ९ विकेटको क्षतिमा ३५६ बनाएको थियो । यो स्कोर एसिया कपको चौथो ठुलो स्कोर पनि हो ।
१ – भारतले हासिल गरेको २२८ रनको जीत रनको हिसाबले पाकिस्तानविरुद्धको सबैभन्दा ठुलो जीत हो । पाकिस्तानका लागि यो दोस्रो ठुलो हार हो ।
२३३ – विराट कोहली र के एल राहुलले तेस्रो विकेटका लागि गरेको साझेदारी एसिया कपमा कुनै पनि विकेटका लागि गरिएको सबैभन्दा ठुलो साझेदारी हो । यसअघि सन् २०१२ मा मोहमद हाफिज र नासिर जम्सेदले भारतविरुद्ध २२४ रनको साझेदारी गरेका थिए ।
१ – कोहली र राहुलको साझेदारी एकदिवसीयमा पाकिस्तानविरुद्ध गरिएको कुनै पनि विकेटका लागि सबैभन्दा ठुलो हो । यसअघि सचिन तेन्दुलकर र नवजोत सिंह सिद्धुले सन् १९९६ मा २३१ रनको साझेदारी गरेका थिए ।
१३,०२४ – कोहलीले एकदिवसीयमा बनाएको रन । उनी १३ हजार रन पुरा गर्ने मात्र पाँचौँ ब्याट्सम्यान हुन् । उनले सबैभन्दा छिटो यो कोशेढुंगा पार गरेका हुन् । उनले २६७ इनिङ्समा यो पुरा गर्दा सचिन तेन्दुलकर (३२१) भन्दा ५४ इनिङ्सले कम हो । कोहली तेन्दुलकरले बनाएको एकदिवसीयमा ४९ शतकको कीर्तिमानभन्दा मात्र २ शतकले टाढा रहेका छन् ।
४ – कोलम्बोको प्रमदाशा स्टेडियममा खेलिएको एकदिवसीय खेलमा कोहलीको लगातार चौथो शतक हो । एउटा स्टेडियममा लगातार चार शतक बनाउने हासिम अमला मात्र अर्को खेलाडी हुन् । उनले सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा सन् २०१५–२०१७ मा यो उपलब्धि हासिल गरेका थिए ।
४ – एसिया कपमा कोहलीले बनाएको शतक । उनीभन्दा अघि ६ शतकसहित श्रीलङ्काका पूर्व खेलाडी शनथ जयसूर्या मात्र रहेका छन् । कुमार संगाकाराले पनि चार शतक बनाएका छन् ।
४ – भारतले एकदिवसीयमा ब्याटिङमा दुई विकेटमात्र गुमाएको अवसर । सन् २००३ पछि पहिलोपटक भारतले कुनै पनि खेलमा दुई विकेट मात्र गुमाएको हो । पाकिस्तानले ५० ओभरका खेल खेल्दा दुई विकेट मात्र लिन सकेको यो मात्र तेस्रोपटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु