पोग्बामाथि प्रतिबन्धित औषधी सेवन गरेको आरोप
मङ्गलबार, २६ भदौ २०८०, १४ : ०८
काठमाडौँ । इटालियन सिरिए क्लब युभेन्ट्सका मिडफिल्डर पल पोग्बा निलम्बनमा परेका छन् । परीक्षणका क्रममा उनको रगतमा प्रतिबन्धित लागू औषधको मात्रा भेटिएपछि उनी निलम्बनमा परेको समाचारमा जनाइएको छ ।
३० वर्षीय पोग्बा फ्रान्सको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । इटालीको राष्ट्रिय एन्टी डोपिङ संस्थाले पनि पोग्बाको रगतमा प्रतिबन्धित औषधिको मात्र भेटिएको बताएको छ । अगस्त २० तारिखमा युभेन्ट्स र उडिनेसबीच भएको खेलपछि उनको परीक्षण गरिएको थियो । उक्त खेलमा युभेन्ट्स ३—० गोलले विजयी भएको थियो ।
पोग्बाले भने आफूले अहिलेसम्म कुनै पनि प्रतिबन्धित औषध सेवन नगरेको दाबी गरेका छन् । यदि प्रतिबन्धित औषध सेवन गरेको पुष्टि भएमा पोग्बामाथि दुईदेखि चार वर्षसम्मको प्रतिबन्ध लाग्न सक्छ । पोग्बालाई तत्कालका लागि निलम्बन गरिएको उनको क्लब युभेन्ट्सले पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव