परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान
मङ्गलबार, २६ भदौ २०८०, १० : ४३

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद मंगलबार बिहान अमेरिका प्रस्थान गरेका छन् । बिहान ९ बजे कतार एयरवेजबाट परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन् ।
शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो कार्यक्रम यही सेप्टेम्बर १४ मा हुँदैछ । उनी सो कार्यक्रमपछि प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा सँगै रहने छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा