सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
मङ्गलबार, २६ भदौ २०८०, १० : ३४
![सुनको मूल्य स्थिर, चाँदीको बढ्यो](https://rpcdn.ratopati.com/media/albums/gold-gold-price_KomQkInQ3i.jpg)
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघका अनुसार आज मंगलबार हिजो (सोमबार)कै मूल्यमा सुनको कारोबार हुने भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार ५ रुपैयाँले मूल्य बढेपछि चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालद्वारा भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय
-
ट्रम्पले गरे विदेशी भ्रष्टाचार अभ्यास ऐन खारेज
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?