६० किलो सुनको अनुसन्धान प्रतिवेदन मंगलबार बुझाउने तयारी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारेको अनुसन्धान अन्तिम चरणमा छ । ‘संगठित सुन तस्करी’ को अनुसन्धान पुरा गरेर मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयारी गरिरहेको छ ।
अनुसन्धान अन्तिम चरणमा रहेको ब्युरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्–‘अन्तरदेशीय अपराधको मामिलामा हामिले कुनै कसर बाँकी नराखीकन अनुसन्धान गरेका छौं ।’ सुन प्रकरणमा राजस्व अनुसन्धान विभाग र सिआईबीले अनुसन्धान थालेको ५५ दिन पुरा भएको छ ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको थियो । हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।
सुन प्रकरणमा संलग्नहरुविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो ।
सुन तस्करीमा संलग्न आरोपमा हालसम्म ३० जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँले सोमबार थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रतिवेदन बुझाउनुअघि तस्करीमा संलग्न केही आरोपीहरुलाई पक्राउ गर्ने गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेहरुमा रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल, शिवकुमार सराफ, पुष्पा जोशी, कमल परियार र वीरेन्द्र नेपाली छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी