धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

धादिङ | धादिङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सोमबारदेखि जिल्ला बजार अनुगमन टोलीले सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वमा बजार अनुगमन सुरु गरेको हो ।
कार्यालयका अनुसार आज पहिलो दिन पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङको मौवाखोलाबाट अनुगमन गरिएको छ । अनुगमनका क्रममा १२ वटा पसल तथा फर्महरूमध्ये ३ वटालाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार अनुगमनका क्रममा जरिवानाबापत रु १५ हजार तिराइएको छ भने १५ हजार ३ सय रुपैयाँ बराबरको म्याद नाघेका र सडेगलेका सामाग्रीहरू जफत गरिएको छ । अब निरन्तर रूपमा अनुगमन गर्दै जाने सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र बेनिघाट रोराङ गाउँपालिका लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची