अपराध
सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल काठमाडौँबाट पक्राउ
जीबी राईसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
सोमबार, २५ भदौ २०८०, १९ : ३१
काठमाडौँ । पोखरा स्थित सुर्यदर्शन सहकारीका कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सुर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौँबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा रम्तेललाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।
सुर्यदर्शन सहकारीका संचालकहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जनाले रकम हिनामिना गरेको भन्दै उजुरी दिएका छन् ।
सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ६ जना विरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएको छ । बचतकर्ताको १ अर्ब ८ करोड रकम हिनामिना भएको जाहेरीमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यले लिए शपथ
-
थाहा फिल्म फेस्टिभलमा ‘सतिदेवी’सहित २० फिल्म देखाइने
-
नेशनल लाइफका ४०० भन्दा बढी अभिकर्ताहरूले लिए भारतबाट प्राविधिक प्रशिक्षण
-
अदालतले भराइदियो कपन विस्फोट पीडितलाई करोड भन्दा बढी क्षतिपूर्ति
-
मुस्ताङमा पर्यटक बढे
-
चर्चित चलचित्र निर्माता तथा पत्रकार प्रितिश नन्दीको निधन