सुन तस्कर दाओजिन वाङको डेरामा सीआईबीको छापा, सेफ बरामद

काठमाडौँ । विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका एकजना चिनियाँको डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङ बस्ने सीतापाइला स्थित डेरामा छापा मारिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
दाओजिन वाङ फरार छन् । उनको डेराबाट ‘डिजिटल सेफ’ बरामद गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन र विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहबिच ‘कनेक्सन’ देखिएको छ । ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ ।
६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् । भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले सञ्चालन गरेको अपरेसन ‘गोल्डेन ट्याप’ र ‘मोल्टेन मेटल’ मा पनि अहिले पक्राउ गरिएको चिनियाँहरू संलग्न देखिएका थिए ।
तिब्बती मूलका बेल्जियन नागरिक छिरिङ र चिनियाँ नागरिक सँग दाओजिन सम्पर्कमा देखिएका हुन् ।
‘भेप’मा सुन ल्याउने समूहका दाओजिन वाङ र माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराका छोराहरू राहुल र निर्मलको बीचमा यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट ‘कनेक्सन’ देखिएको थियो ।
ब्युरोले सुन ल्याउने मुख्य योजनाकारको रूपमा कृष्णबहादुर महरा समेत रहेको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । सो प्रकरणमा राहुल अहिले ब्युरोको थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो