‘नाडा अटो शो २०२३’मा केफाईभ लञ्च गर्दै सुन्द्रा

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आगामी ६ दिनसम्म चल्ने नाडा अटो–शो २०२३ मा विद्युतीय स्कुटर ब्राण्ड सुन्द्राले आफ्नो उत्पादन सार्वजनिक गर्ने भएको छ । नेपालमा अहिलेसम्म सार्वजनिक नै नभएको सुन्द्राको ‘केफाईभ’ विद्युतीय स्कुटी सार्वजनिक हुने भएको हो ।
यो विद्युतीयमा ग्राफिन ब्याट्री प्रयोग गरिएको छ । यसमा अधिकतम ४ हजार किलोवाट क्षमताको छ । भोलिदेखि नेपाली बजारमा सार्वजनिक हुने यो विद्युतीय स्कुटीको मूल्य १ लाख ८९ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनी विवेक सिंघालले यो मूल्य नाडा अटो शोलाई लक्षित गरेर राखिएको रातोपाटीलाई बताए । यो स्कुटीमा डिजिटल डिस्प्लेको सुविधा छ । यसमा मोटर पावर अधिकतम ४ हजार र न्यूनतम २ हजार किलोवाटको रहेको कम्पनीले बताएको छ ।
यस्तै, यो स्कुटीमा १४० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ भने फूल एलईडी लाईटको सुविधा समेत जडित छ । यो चीन र पूर्वी एसियाली बजारमा प्रख्यात विद्युतीय स्कुटी हो । उत्कृष्ट लुक्स र डिजाइनका कारण यो स्कुटीलाई क्लासिक स्कुटीकारुपमा समेत लिइन्छ ।
अटो शो भोलि २६ गतेदेखि सुरु हुनेछ । कोभिड महामारीका कारणले विगत २ वर्षमा आयोजना हुन नसकेको यो शो यसपटकदेखि सुरु हुँदैछ । शोमा धेरै कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नेछन् भने केही कम्पनीले पुरानै उत्पादनलाई पुनः परिचय दिलाउने प्रयास गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु