कवितामा तीज
तिमी कवितामा तीज लेख भन्छ्यौ,
तिमी कवितामा तीज खोज भन्छ्यौ
म सोच्न बाध्य हुन्छु
म लेख्न मजबुर हुन्छु
कवितामा तीज अटाउँछ र ?
आफैभित्र प्रश्न गर्छु
तीज त मन र मुटुमा गडेको हुन्छ
तीज त भिर र पाखामा उफ्रेको हुन्छ
तीज त तुलसीको आँगनमा नाचेको हुन्छ्
अनि,
तीज त शिवालयहरुमा घन्केको हुन्छ
हैन र ?
तिमी कवितामा तीज पोख भन्छौ भने
कविता तीज हुन पक्कै सक्दैन
तिमी कवितामा बगेर नाच भन्छौ भने
कविताले कम्मर भाँच्न जान्दैन
किनकि,
तीज,
धनीको महिनौ दिन रमाइरहने पर्व हो
तीज,
गरिबको बाध्यताको ऋणको डोको हो
अनि,
तिम्रो र मेरो
हाँसो र आँसुको
एउटै कथा र ब्यथा हो ।
यसैले,
कवितामा कसरी पोखुँ तीजलाई ?
बगेका यी आँसु कसरी पुछु ?
आमाको माया कसमा खोजौ ?
माइतीको दैलो कसरी बिर्सु ?
आमाको हातको तातो सेलरोटी कहाँ पाउँ ?
ती वनपाखा
कोइलीको कुहु कुहु
अनि
रातो साडी र छड्के तिलहरीको माया
तिमीलाई मात्र हैन
नेपालीको रगत रगतमा छ
त्यो रगत छाती भरी लेपेर
म कवितामा तीज कसरी पोखुँ ?
यसैले, तीज
तिमी मनभरी फुल्नु पथ्र्यो
कलम समाइ कागजभरी पो छरियो
तीज,
तिमी ढुकढुकीमा धड्कनु पथ्र्यो
कविता बनी रोदनमा पो पोखियो ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकार निषेधको राजनीतितर्फ अगाडि बढे दुर्घटना निम्तिन्छ : डा.मिनेन्द्र रिजाल
-
प्रगति विवरण मन्त्रालयमा पेस गर्न मन्त्री यादवद्वारा निर्देशन
-
सिराहा कारागार प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन
-
लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
नेविसंघले सुरू गर्यो सदस्यता वितरण अभियान
-
काठमाडौँमा दिनदहाडै चोरी