समाचार
एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्दै असन्तुष्ट पक्षको निवेदन
सोमबार, २५ भदौ २०८०, १४ : १०

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन परेको छ । एन्फामा आबद्ध ४८ सदस्य तथा क्लब अध्यक्षले उनीहरुलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन् ।
सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउनका लागि निवेदन दिएको निवेदनमा उल्लेख छ ।
जसअनुसार नेम्वाङ र राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न राखिनुपर्ने उनीहरुको माग छ । ४० प्रतिशत सदस्यको निवेदनपछि २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने एन्फाको विधान व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार