अब टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलका रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने
![अब टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलका रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने](https://npcdn.ratopati.com/media/news/capture_zeUyi0Mfty.png)
काठमाडौँ । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ ।.
टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रा.लि. र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको छ ।
सिप्रदी अटोपार्टस् प्रा.लि.का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरुको पनि उपस्थिति रहेको थियो ।
उक्त सम्झौता अनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तिय सुविधा उपलब्ध गराउने छ । खुद्रा विक्रेताहरू राष्ट्रको आर्थिक अवस्था नाजुक भएको परिस्थितिमा त्यो सम्झौताबाट खुशी महसुस गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक संस्थानमध्येकै राम्रो नेप्से पुनर्संरचना किन आवश्यक ?
-
अखिल क्रान्तिकारीद्वारा माइतीघर मण्डलमा दीप प्रज्वलन, तस्बिरहरू
-
पोखराका १९ कर्मचारीको स्थायी नियुक्ति सदर
-
माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा टिका
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !
-
नयाँ शक्तिको निर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण