५७ जना अनाथ बालबालिकाका लागि माल्टाबाट उठ्यो १ लाख ७५ हजार
सोमबार, २५ भदौ २०८०, १२ : २६

काठमाडौँ । संयुक्त अपांग एकता आवाज केन्द्रका ५७ जना अनाथ बालबालिकाका लागि माल्टामा आर्थिक सहयोग संकलन भएको छ। अभियान सञ्चालन गरेर १ लाख ७५ हज़ार रूपैयाँ संकलन भएको थियो।
‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यका साथ पाँच सदस्यको अगुवाईमा उक्त रकम सङ्कलन भएको हो। यसका लागि संचारकर्मी छेसाङ लोप्चन (अशिम) ले संयोकत्वको भूमिका निर्वाह गरेका थिए।
रकम संकलनका लागि सञ्चारकर्मी लोप्चनसँगै तेजबिक्रम खडका, सन्तोष पाठक, सञ्चारकर्मी एलिस राज सन्जेल र पासाङ रुम्बा तामाङले सक्रिय भूमिका खेलेका थिए।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्र मा ५७ जना बालबालिका छन् । उक्त रकम केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीलाई हस्तान्तरण गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन