काठमाडौँ, ललितपुर र भक्तपुरमा एकैदिन चोरी
काठमाडौँ । काठमाडौँमा उपत्यकाका तीन जिल्लामा आइतबार एकै दिन चोरी भएको छ ।
काठमाडौं महानगरपालिका-७ दीर्घायु अस्पताल चाबहिल बस्ने कृष्ण गोपाल कक्षपती र विमला कक्षपतीको घरमा कोही नभएको अवस्थामा सुनका गहना तथा नगदसमेत गरी करिब ७ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
यता भक्तपुरको मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका १८ वर्षीय विश्वास परियारको कोठाबाट ल्यापटप र मोबाइल गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।
त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका-८ बालकुमारी भोल्ढोका बस्ने नवीन अवालेको घरबाट विभिन्न सुनका गहना तथा नगद ५० हजार रुपैयाँ गरी करिब ४ लाख २६ हजार ७ सय ९० रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म