कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउन सुहाउँदैन : भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशी प्रदेशसभा सदस्य खगेन सिङ हाङगामले नेपाल प्रहरीका डीएसपी राजन लिम्बुलाई दिएको चेतावनी कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाएको भन्दै त्यो सुहाउने कुरा नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्ने बताएका छन् ।
‘त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो ।’, भट्टराईले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन ।’
उनले लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुने पनि बताएका छन् । ‘लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुन्छन् । ताप्लेजुङ ?’, भट्टराईले प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो
-
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य