साउदीमा मनाइयो तीज
सोमबार, २५ भदौ २०८०, ०९ : ३८

दोहा । साउदी अरबमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो ।
तीज विशेष कार्यक्रम दमामको सिको नजिकैको रोज गार्डेन होटलमा धूमधामले मनाइएको छ। कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । सबै मिलेर ती मनाउन पाउँदा आनन्दको अनुभूति महसुस भएको एनआरएनए एनसीसी साउदीका अध्यक्ष बलराम थापाले जानकारी दिए ।
तीज जस्तो पर्वले सबैलाई जोड्ने र चेलीबेटीहरूको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको अध्यक्ष थापाले बताए । नेपाली चाडपर्व अनि साउदी जस्तो देशमा बसेर यसरी धूमधामसँग पर्व मनाउनु अत्यन्तै ठुलो उपलब्धि भएको उनको भनाइ थियो । कार्यक्रममा एनआरएनए आईसीसी सल्लाहकार धरम केसीको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा