जापानसँग लज्जास्पद हारपछि फ्लीक बर्खास्त
![जापानसँग लज्जास्पद हारपछि फ्लीक बर्खास्त](https://npcdn.ratopati.com/media/news/_131050574_hansiflick_xjQS7AYjNH.jpg)
बायर्न । शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि जर्मनीले हान्सी फ्लीकलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । सन् १९२६ मा यो पद सिर्जना गरेदेखि बर्खास्त हुने उनी पहिलो जर्मन म्यानेजर हुन् ।
जर्मनीले आफ्ना पछिल्ला पाँचमध्ये चार खेलमा पराजय बेहोर्नुपरेको छ । सन् २०२१ को अगस्तमा जोआचिम लोको स्थानमा फ्लीकले पद सम्हालेयता जर्मनीले २५ मध्ये १२ खेलमा मात्र जीत हासिल गरेको छ ।
जर्मनीका पूर्व स्ट्राइकर ६३ वर्षीय रुडी भोलरलाई जर्मनीको राष्ट्रिय टोलीको अन्तरिम नेतृत्व दिइएको छ । सन् २००० देखि २००४ सम्म टोलीको म्यानेजर पद सम्हालेका उनी गत फेब्रुअरीमा जर्मनीको राष्ट्रिय टोलीको निर्देशक नियुक्त भएका थिए ।
जर्मनीले अर्को वर्ष युरोपियन च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्दैछ । त्यसअघि जर्मनी राष्ट्रिय फुटबल टोली सङ्कटमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म