सेवा ठप्प पार्ने विमानस्थल भन्सारका कर्मचारीको चेतावनी, आन्दोलनकाे घोषणा
आइतबार, २४ भदौ २०८०, १७ : ५३

काठमाडौँ । त्रिभुपन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सेवा ठप्प पार्नेसहितका आन्दोलनका घोषणा गरेका छन् । आन्दोलन घोषणा गर्दै कर्मचारीहरुले आइतबार विरोधस्वरुप तीन घण्टा पेन डाउन गरेका छन् भने भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् ।
यसैगरी भदौ २७ गतेभित्र अघि सारिएको ७ बुँदे माग सम्बोधन नभएमा कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित पार्ने चेतावनी दिइएको छ । यसअघि काम गर्ने वातारण नभएको भन्दै सामुहिक सरुवा माग्ने कर्मचारीहरुले थप माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै