नोरा फतेहीले मोदीलाई किन दिइन् धन्यवाद ?

उत्तरी अफ्रिकी देश मोरक्कोमा शुक्रवार राती आएको भीषण भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार बिहान यो विपत्मा परी मृत्यु भएकाहरू प्रति गहिरो दुःख व्यक्त गरेका थिए ।
मोदीले सोसल मिडियामा लेखे, ‘भारत यो कठिन घडीमा मोरक्कोलाई हर सम्भव मद्दत गर्नका लागि तत्पर छ ।’
नोरा फतेहीले के भनिन् ?
चलचित्र उद्योगसँग सम्बद्ध डान्सर, मोडल तथा अभिनेत्री नोरा फतेहीले सहयोगको प्रस्तावका लागि मोदीलाई धन्यवाद दिएकी छिन् ।
नोराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘यति ठुलो सहयोगको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद !’
‘यस बारे चेतना जगाउने र सहयोगी हात बढाउने सुरुवाती देशमध्ये तपाईं एक हुनुहुन्थ्यो । यसका लागि मोरक्को जनता धेरै आभारी र कृतज्ञ छन् । जय हिन्द ।’
मोदीले ट्विट गर्नुअघि नोरा फतेहीले शनिवार इन्स्टाग्राममा लेखेकी थिइन्, ‘आज मोरक्कोमा भूकम्पको खबर हृदय विदारक छ ! धेरै सहरमा यसको नराम्रो असर र धेरैको ज्यान गएको जानकारी पाइरहेको छु । म अहिले सबैका लागि दुखी छु ।’
उनले सबैको सुरक्षाको लागि प्रार्थना गरिरहेको लेखेकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘यो निकै डरलाग्दो छ । म अल्लाहलाई धन्यवाद दिन्छु कि हाम्रा मित्र र परिवारका सदस्य सुरक्षित छन् । जसले यो विपत्मा आफ्नो प्रियजन गुमाएका छन्, उनीप्रति मेरो समवेदना ।’
नोरा फतेही मोरक्को मूलकी क्यानेडेली नागरिक हुन् । उनी हाल आफ्नो कामका लागि भारतमा छिन् । उनले थुप्रै फिल्म र गीतमा काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन