गणपूरक संख्या नपुगेपछि एन्फाको विशेष साधारणसभा सोमबारका लागि सारियो
![गणपूरक संख्या नपुगेपछि एन्फाको विशेष साधारणसभा सोमबारका लागि सारियो](https://npcdn.ratopati.com/media/news/anfa_J8gUf7U8U4.jpg)
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकस्मिक बैठक आइतबार सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न बैठकले महिला तथा पुरुष फुटबल विकासको कार्यक्रम सञ्चालन गर्न विभिन्न देशका फुटबल संघ र दातृ निकायसँग आर्थिक तथा अन्य सम्झौता गर्न संघका अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई अख्तियारी प्रदान गरेको छ ।
बैठकले फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको पहिलो चरणको छनोटका लागि मिडिया तथा कमर्सियल अधिकारका लागि सिंगापुरस्थित स्पोर्टस फाइभले गरेको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ । पहिलो चरणका लागि १५ हजार अमेरिकी डलर र दोस्रो चरणका लागि ६५ हजार डलरमा स्वीकृति प्रदान गरिएको एन्फाले जनाएको छ ।
यसैगरी एन्फा बैठकले बेलायतको तेस्रो श्रेणीको टोली र नेपाली राष्ट्रिय फुटबल टोलीबीच सन् २०२४ को अप्रिल र मेभित्र दुईवटा मैत्रीपूर्ण खेल खेलाउने निर्णय पनि गरेको छ । बैठकले विभिन्न खेल र प्रशिक्षणका क्रममा घाइते भएका तथा गम्भीर रोगको उपचारमा रहेका खेलाडी र प्रशिक्षकलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
यु—१५ महिला राष्ट्रिय टोलीकी खेलाडी यशोदा बोहरालाई पाँच लाख, यु—१९ टोलीका खेलाडी संगोज मोक्तानलाई एक लाख ५० हजार, फिफा सहायक रेफ्री स्व। विक्रम चौधरीको परिवारलाई तीन लाख, पूर्वफिफा सहायक रेफ्री गजेन्द्रमान सिंहलाई एक लाख र सीतकुमारी पौडेललाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय बैठकले गरेको हो ।
यसैगरी लनलाइनमार्फत आइतबार बोलाइएको एन्फाको विशेष साधारणसभामा गणपूरक संख्या अपुग भएकाले उक्त विशेष साधारणसभा सोमबार अनलाइनमार्फत बस्ने निर्णय पनि बैठकले गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे तीन खर्ब डलरको कम्पनीका सीईओको वार्षिक कमाई ७६ हजार डलर मात्रै
-
केएमसीमा कोरियन विश्वविद्यालयहरूसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
-
नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख
-
जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री
-
२०८२ साल असोज १६ गते दसैँको टीका, यस्तो छ चाडपर्वको तिथि–मिति
-
अमेरिकामा स्वास्थ्य मन्त्री बने रोबर्ट एफ केनेडी