काठमाडौँ । गौ हत्याविरुद्ध र्यालीसहित जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि विरोध प्रदर्शन गरिएको छ । विश्व हिन्दु महासंघ पाल्पा र ओमकार परिवारले संयुक्त आयोजनामा विरोध प्रदर्शन गरेका हुन् ।
धरानलगायत देशका विभिन्न स्थानमा गौ हत्या गरेकाहरुलाई कारबाहीको माग गर्दै र्याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताए ।
र्यालीमा सहभागीहरूले तानसेन बजार परिक्रमा गर्दै गौ हत्या तत्काल बन्द गरौँ, गौहत्या गर्नेमाथि कारबाही गरौँ, संविधानको पालना गरौँ, सामाजिक सद्भाव कायम गरौँलगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया