मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ बिजनेस क्याम्पसमा ‘टेक ट्रेन्डस्–२०२३’ सम्पन्न

आइतबार, २४ भदौ २०८०, १५ : १४
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । काठमाडौँ बिजनेस क्याम्पस (केबीसी) मा ‘टेक ट्रेन्ड्स–२०२३’ सम्पन्न भएको छ । बनस्थलीमा रहेको केबीसीले उक्त कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा साइन्स र साइबर सेक्युरिटीबारे बहस गरेको थियो । 

कार्यक्रममा सूचना प्रविधिका क्षेत्रका विज्ञहरु र विभिन्न कलेजका विद्यार्थी सहभागी थिए । सोही क्याम्पसमा बीसीएमा अध्ययनरत तेस्रो सेमेस्टारका विद्यार्थीहरूले तयार पारेका ‘जीरो वेस्ट बेवसाइट’ सार्वजनिक गरिएको थियो । सोही अवसरमा कलेजले आफ्नो नयाँ लोगो समेत सार्वजनिक गरेको हो ।  

कार्यक्रममा माइक्रोसफ्टका समीर थापाले ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटी ः अवसर र चुनौतीहरू’ विषयमा प्रस्तुति दिएका थिए ।   

कार्यक्रममा नामिका रिसर्च असोसिएट सुमन सापकोटाले आर्टिफिसियल इन्टेलिजेन्सले मानव दुनियाँलाई खतरामा पारिरहेको वा अवसरको बृहत्त सम्भावना ल्याउँदैछ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । 

दोस्रो चरणमा ‘डेटा साइन्स’ बारे चर्चा गरिएको थियो । एसिया प्रोजेक्ट फाउन्डेसनका डाइरेक्टर साजना महर्जन अमात्य, डाटा विज्ञ प्रसाद खनाल र पदम राज पन्तले डेटा साइन्सबारे आफ्नो तर्क राखेका थिए । 

तेस्रो चरणमा ‘साइबर सेक्युरिटी’ का विषयमा टोरोन्टो विश्वविद्यालयका विज्ञ डा. डिल्ली शर्माले प्रस्तुति दिएका थिए । सोही विषयमा सुबिसु केबल नेटका भिपी इन्जिनियरिङ रामकृष्ण परियार, सिआइएसओ सिइएच पंकज कुमार ठाकुर र नेटवर्क एन्ड साइबर सेक्युरिटी विज्ञ रमेश पोखरेलले आफ्नो धारणा राखेका थिए । 

विश्वमा तीव्र विकास भइरहेको सूचना प्रविधिसँगै दौडन सके मात्र कुनैपनि उपलब्धि हासिल गर्न सकिने क्याम्पसका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप