शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी सच्चिने कि सक्किने ?

आइतबार, २४ भदौ २०८०, १४ : ४१
आइतबार, २४ भदौ २०८०

नेकपा (माओवादी केन्द्र) गएको भदौ १६ गतेदेखि सच्चिने अभियानमा लागेको छ । उसको यो अभियान आउँदो मङ्सिर २५ गतेसम्म चल्नेछ । प्रारम्भिक चरणमा माओवादीले अभियान, बैठक र सरसफाइबाट थालेको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नामको ‘थिम’ लिएर गएको छ । सँगसँगै ‘जनजनमा माओवादी घरघरमा माओवादी’ नारा तय गरेको छ । माओवादीको अभियानको यो चरणपछिको कार्यक्रमिक रूपरेखा आइसकेको छैन । तर कार्यक्रम देशव्यापी गर्दा पनि मुख्य सञ्चार माध्यममा माओवादीको यो प्रकारको उपस्थितिले समाचारीय मूल्य पाउन भने सकेको हैन । माओवादी कार्यकर्ताहरू बढार–कुँढार त गर्दै छन् । उनीहरूको यो देशव्यापी प्रारम्भिक अभियान सामाजिक सञ्जाल अन्तर्गतको ‘मुहार पुस्तिका’मा आफैँले खिचेर पोस्ट्याएको स्वार्थी (सेल्फी) फोटोले जेनतेन जानकारी दिएको छ । युट्युब तथा अन्य माध्यममा पनि झिनो उपस्थिति मात्रै छ । 

माओवादी, सत्तारूढ दल हो । सत्तारूढ दलको साङ्गठनिक सक्रियता भएकै हुन्छ । सत्ताभन्दा बाहिर रहेका राजनीतिक दलको दैनिक क्रियाकलाप पनि हुन्छ भने सत्तारूढको बढी नै हुनु अस्वाभाविक हुन्न । जनवर्गीय तथा शुभेच्छुक सङ्गठनमार्फत दैनिक क्रियाकलाप पनि भएकै हुन्छ । कुनै विशेष घटना, निर्वाचन वा विकसित राजनीतिक परिस्थितिमा जनसभा, र्‍याली वा अभियान गर्नु बेग्लै कुरा हो । तर माओवादीले यतिखेर नै यो अभियान गर्नु पछिको अन्तर्य के होला ? पार्टी सङ्गठनमा कुनै भवितव्य आइलागेको पनि छैन । केन्द्रीयदेखि सबै कमिटीको बैठक पनि भइरहेका छन् । केन्द्रीय कमिटी बैठकले ४०९ जनाको जम्बो केन्द्रीय कमिटी विस्तार गरेर पार्टी एकमना बनाएको छ । असन्तुष्टहरूलाई बिलो लगाएर केन्द्रीय कमिटीको विस्तार पूर्ण बनाएको छ । राजनीतिमा प्रतिगामी परिदृश्यको सङ्केत पनि छैन । सत्ता गठबन्धन तलबित्तल होला भन्ने पञ्चाङ्ग योग पनि राजनीतिक ज्योतिषले बताएका हैनन् । फेरि पनि तीन महिना घरदैलोमा जाने अभियानको थालनी गरेको छ । राजनीतिका पारखीहरूले पर्यवेक्षण गर्ने विषय यही हो । 

फिनिक्स र नार्सिससको जीवन चक्र 

हामी निक्कै बिग्रियौँ । हामी सच्चिने कि सिद्धिने ? हामी सुध्रिने कि सिद्धिने ? हामी नसुध्रिने हो भने सिद्धिन्छौँ ? माओवादी नेताको यो थेगो नै हो । माओवादी सुप्रिमोदेखि कनिष्ठ नेताहरूको मुखाग्र थेगो हो । को बिग्रियो ? किन बिग्रियो ? नेता बिग्रे कि कार्यकर्ता ? उपल्लो कोटीका नेता बिग्रे कि तल्ला कमिटीका नेता बिग्रे ? उपल्लो कमिटीदेखि तल्लो कमिटीसम्म बिग्रेकाहरूको फेहरिस्त खोइ ? बिग्रनुको परिवेश र बिग्रेकाको मापदण्डको खुट खबर छैन । एमालेमा गएका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखनाथ भट्ट, मणि थापालगायतकाहरू बिग्रेका हुन् भने उनीहरूले पार्टी छोडिसके चिन्ता लिनु पर्दैन ।

अझै पार्टीमा बाँकी छन भने विग्रेकाहरू को हुन ? चुनाव जितेर आएकाहरू बिग्रेका हुन् या हार्नेहरू बिग्रे ? घरीघरी मन्त्री, अवसर पाउनेहरू बिग्रेका हुन् या मन्त्री नपाउनेहरू बिग्रे ? कोही त बिग्रियो । बिग्रेकालाई सपार्नुपर्छ वा मिल्काउनुपर्छ । एक बोरा आलुमा एउटा आलु मात्र कुहिएको छ भने सबै आलु कुहाउँछ भन्ने कहावत नै छ । जम्बो केन्द्रीय समितिमा कति बिग्रेका छन् ? प्रदेशसहित पालिकासम्मका  बिग्रेका नेताहरू को हुन् ? बिग्रेकाहरू सप्रिने सम्भावनाका कति छ ? तीनमहिने यो अभियानले माओवादीलाई सुधार्छ ? या त्यसपछि हुने विधान अधिवेशन र विशेष महाधिवेशनले सुधार्छ वा सच्याउँछ ? यस्ता जटिल मनोवैज्ञानिक प्रश्नहरूको चोटिलो उत्तर आउनु पर्छ ।  

केन्द्रीय कमिटी बैठकले ४०९ जनाको जम्बो केन्द्रीय कमिटी विस्तार गरेर पार्टी एकमना बनाएको छ । असन्तुष्टहरूलाई बिलो लगाएर केन्द्रीय कमिटीको विस्तार पूर्ण बनाएको छ । राजनीतिमा प्रतिगामी परिदृश्यको सङ्केत पनि छैन । सत्ता गठबन्धन तलबित्तल होला भन्ने पञ्चाङ्ग योग पनि राजनीतिक ज्योतिषले बताएका हैनन् । फेरि पनि तीन महिना घरदैलोमा जाने अभियानको थालनी गरेको छ । राजनीतिका पारखीहरूले पर्यवेक्षण गर्ने विषय यही हो । 

युनानी पौराणिक कथाअनुसार नार्सिससलाई इकोले प्रेम नगरे ‘सिद्धिने श्राप’ दिएको कथा यहाँ पनि आकर्षित हुन्छ । ‘इको’ ले राखेको प्रेम प्रस्ताव ‘नार्सिसस’ ले खारेज गरिदिँदा इकोले दिएको श्रापअनुसार नार्सिसस आफ्नै अनुहारको छायाको प्रेममा पागल भएर मर्छन् । मनोविश्लेषक सिग्मन्ड फ्रायडले आत्मरतिमा रमाउँदै अहङ्कारी बन्ने प्रक्रियालाई ‘नार्सिस्जम’ र यस्तो अनुसरण गर्नेलाई ‘नार्सिस्ट’ भनेर व्याख्या गरेका छन् । कतिपय माओवादी नेताहरूमा नार्सिस्ट प्रवृत्ति छ । जनताको प्रेम प्रस्तावलाई रत्तिभर गणना नगर्दा माओवादी नार्सिस्जमको नियतिमा पुग्ने त्यत्तिकै सम्भावना छ । 

अर्को युनानी मिथकअनुसार नै ‘फिनिक्स’ चराको जीवनचर्या पनि यहाँ चर्चा गर्नु वाञ्छनीय हुन्छ । फिनिक्सको उमेर पुगेपछि उसको शरीरमा आगो लाग्छ र त्यही खरानीबाट फिनिक्सले फेरि पुनर्जीवन पाउँछ । खरानीबाट अर्को जन्म पाउने अमर चरोको नयाँ जन्म कथाको सार हो । माओवादीले पनि नार्सिस हुने कि फिनिक्स हुने कुराले उसको जीवन निश्चित गर्छ । सिद्धिने कि सच्चिने, सक्किने कि सच्चिने कथाको सार हो । ‘जनजनमा माओवादी घरघरमा माओवादी’ नाराको औचित्य यहीँनेर आएर कसी लाग्छ । 

माओवादी ‘युवराजहरू’ 

माओवादीको अभियान चलिरहँदा माओवादीका एकसे बढ्कर एक युवराजका चर्तिकला पनि सतहमा आएका छन् । युवराजहरूको उदण्डताको प्रश्नको नैतिक जवाफ नआउँदा अभियानमा खुसुर फुसुर हुने विषय नै यही छ । सच्चिने कि सक्किने सूत्रको जवाफ युवराजहरूको क्रियाकलाप नै दिइसकेको धारणा व्यङ्ग्यपूर्ण अभिव्यक्ति जनताबाट आउने गरेका छन् । आलोचना आत्मआलोचना त माओवादीको विधिमा परेकै होइन । माओवादी अनुशासनका तीन–आठ नियम यतिखेर भर्सेलामा परिसकेका छन् । एकता–आलोचना–एकताबिना रूपान्तरण सम्भव हुन्न । तर यहाँ त अपराध कर्मलाई पनि अदेखा गरिएको छ ।

माओवादीमा युवराज, युवराज्ञी, शाहज्यादा र शाहाज्यादीहरूको ज्यादतीलाई नरोके महाराज र महारानीको भ्रूण यहीँबाट रहन थाल्छ । रूपान्तरण त आकाशको फल आँखा तरी मर भने जस्तै हुनेछ । जनतालाई प्रश्न गर्न खुला नगरेसम्म र आलोचना सहन गर्ने क्षमता र विवेक ग्रहण नगरेसम्म परिणाम आउने पनि छैन । भन्नलाई माओवादी आफ्नो टाउकोमा आफैँ आगो लगाउनेसम्मको तर्क गर्छन् । तर माओवादी कति नेतामा जनताको प्रश्न सुन्ने धैर्यता छ ? कति नेतामा कार्यकर्ताको आलोचना सुन्ने क्षमता छ ? यो अभियानमा माओवादी पङ्क्तिको वाक्य फुट्नु पर्छ । यी तर्कको नियति पनि यसै अभियान पछि थाहा लाग्नेछ ।   

माओवादीको अभियान चलिरहँदा माओवादीका एकसे बढ्कर एक युवराजका चर्तिकला पनि सतहमा आएका छन् । युवराजहरूको उदण्डताको प्रश्नको नैतिक जवाफ नआउँदा अभियानमा खुसुर फुसुर हुने विषय नै यही छ । 

हेमोफ्रोडाइटको प्रसङ्ग 

सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थीलगायतका भ्रष्टाचारका मुद्दा प्रकरणमा माओवादी नेतृत्वको सरकारलाई जनपक्षीय समर्थन प्राप्त भएको छ । तर यी काण्डहरू यथार्थ निष्कर्षमा नपुग्दासम्म यो ट्रेलर मात्र हो । यथार्थ निष्कर्षसहितको किनारा लाग्दा मात्र यसको हैसियत प्रस्ट हुन्छ । अर्को भ्रष्टाचारका यी मुद्दाहरू अस्थायी प्रकारका विषय हुन् । अस्थायी मुद्दाले राष्ट्रिय समस्याको स्थायी बन्ध्याकरण गर्न सक्तैन । दीर्घकालीन लोकहित अस्थायी डेलिभरीले स्थायी समाधान गर्दैन । फेरि पनि यहाँ मुलुकको दर्गदिशाको प्रस्थान विन्दु योजनाबद्ध लोकहितकारी वैचारिकीले निर्दिष्ट गर्नेछ । नत्र हिन्दु पौराणिक कथाअनुसार ‘अर्ध–नारीश्वर’ जस्तो लिङ्ग नछुट्टिएको जीव जस्तो हुनेछ । ग्रिक पौराणिक मिथक अनुसार पनि यस्तो अर्ध–नारीश्वर शरीरलाई ‘हेमोफ्रोडाइट’ मानव भनेर नाम दिइएको छ । चलनचल्तीका भाकामा ‘हेमोफ्रोडाइट’ लाई दुई लिङ्गी प्राणी भनिएको छ । यसर्थ राजनीतिक दलको भाका लिङ्ग छुट्टिएको हुनु पर्छ ।    

रहलपहल 

सन् २०११ मा भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको नराम्रो पराजयपछि उसले ‘जाग, एक होउ र हराउ’ नारा ल्यायो । कार्यक्रम बेगरका यस्ता नारा नारामा सीमित हुने नै थियो । यसैले त्यसपछि पश्चिम बङ्गाल र त्रिपुरामा झनै नराम्रो पराजय भयो । कुनै समयमा भारतको राष्ट्रिय एवं प्रमुख प्रतिपक्षी र तीन प्रान्त पश्चिम बङ्गाल, त्रिपुरा र केरलामा सरकार चलाएको पार्टी लोक सभामा यतिबेला तीन सिटमा सीमित छ । यसर्थ नारा र अभिभारामा तालमेल भएन भने यस्तै नियति दोहरिन सक्छ । माओवादी नेतृत्वलाई यी कुरा पच्न सक्छ सक्तैन ? तर भारतीय कम्युनिस्टको पराजयको अन्तरङ्ग घैँटामा लाग्नुपर्छ । सुशासन, समृद्धि र समाजवादको योजनाको नेतृत्व गर्ने दलको कार्यक्रमिक रूपरेखाको दिग्दर्शन जनतामा अनुमोदन हुन जरुरी छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भवानी बराल
भवानी बराल
लेखकबाट थप