गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएँः अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले बोलाभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताएका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले गरिबी निवारमा चीनले ठुलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारण गर्नुपर्ने भन्दै चीनसँग अनुभव लिन सुझाव दिएको बताएका हुन् ।
उनले भने, ‘म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएको हुनाले उद्योगहरूको मोडलमा चीनले नेपालमा उद्योगहरू खोल्ने र प्रोडक्ट चीनले आफूमार्फत निर्यात गर्न आग्रह गर्न भनेका छौँ । स्थानीय रूपमा रोजगारी सिर्जना होस् भन्ने लक्ष्य हो । फर्टिलाइजर उद्योगहरू स्थापना गर्न चीनले मद्दत गरोस् भन्ने हो । नेपाल केमिकल फर्टिलाइजरमा परनिर्भर हुन नपरोस् भन्ने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?