प्रदेश सांसद र डीएसपीबीचको विवाद छानबिन गर्न समिति गठन

काठमाडौँ । कोशी प्रदेशसभाका सांसद खगेनसिंह हाङगाम र ताप्लेजुङका डीएसपी राजन लिम्बु बीचको विवादबारे छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताएका हुन् । समितिमा संयोजक सहित ४ जना सदस्य छन् ।
भदौ २१ मा फुङलिङमा आयोजित ‘मिनिमेला’मा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा सांसद र डीएसपीको प्रतिष्ठाको लडाइँ बनेको छ । प्रदेश सांसद हाङगाम पक्षधरले प्रहरीले रातभर सांसदको घर घेरेको दाबी गरेका छन् ।
मेलाबाट सुरु भएको विवादपछि सांसद हाङगामले ताप्लेजुङका डीएसपी राजन लिम्बुविरुद्ध ‘विवादास्पद’ अभिव्यक्ति दिएका छन् । सांसद हाङगामले डीएसपीलाई ‘बर्दी खोल्न तयार छौँ’ भदै मुठभेडमा आउन खुल्ला आह्वान गरेका छन् । हाङगामले डीएसपीका परिवारलाई पनि नछाड्ने धम्की दिएका छन् । उनको भनाइ सामाजिक सञ्जालमा भाइरल छ ।
सांसद खगेनसिंह हाङगामको अभिव्यक्ति ‘नोटिस’मा रहेको डीआईजी बास्तोलाले बताए । उनले भने–‘उहाँको भनाई नोटिसमा छ ।’ आन्तरिक छानबिनका लागि एसपी ऋषिराम कँडेल नेतृत्वको टिम छाप्लेजुङमा पुगेको छ । हाङगाम ताप्लेजुङ क्षेत्र नम्बर–१ (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन