श्रीलंकासँगको हारपछि एसीसीविरुद्ध बंगलादेशी प्रशिक्षकको आक्रोश

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर फोर’ चरणको खेलमा श्रीलंकाले बंगलादेशमाथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले हासिल गरेको यो लगातार १३औं जित हो । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले ४८.१ ओभरमा अलआउट हुनुअघि दुई सय ३६ रनमात्र बनाउन सक्यो ।
बंगलादेशका लागि तोहिद हृदोयले ८२ रनको योगदान गरे पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । बंगलादेशका अन्य ब्याट्सम्यानले उल्लेख्य संख्यामा रन बटुल्न सकेनन् । श्रीलंकाली बलर महिस थिक्सना, दासुन सानका र माथिसा पाथिरानाले तीन—तीन विकेट लिए । त्यसअघि श्रीलंकाका लागि सादिरा सामराविक्रमाले टोलीका लागि ९३ रनको योगदान गरेका थिए । उनले केवल ७२ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काएका थिए । कुशल मेन्डिसले पनि ५० रन बनाएका थिए । ओपनर पाथुम निसानकाले ४० रन जोडेका थिए । बंगलादेशी बलर तासकिन अहमद र हसन महमुदले तीन—तीन विकेट लिएका थिए । सोरिफुल इस्लामले पनि दुई विकेट लिए ।
यसैबीच, बंगलादेशी टोलीका प्रमुख प्रशिक्षक चन्डिका हाथुरुसिङ्घेले एसियाली क्रिकेट काउन्सिल (एसीसी) को निणर्यमाथि आक्रोश ब्यक्त गरेका छन् । एसीसीले एसिया कपमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भए त्यो खेल अर्को दिन खेलाउने भनि ‘रिजर्भ डे’ को ब्यवस्था गरेको छ । तर, अन्य टोलीको खेल वर्षाका कारण रद्द भए ‘रिजर्भ डे’ को ब्यवस्था गरिएको छैन । एसीसीको सोही निणर्यलाई लिएर बंगलादेश टोलीका प्रशिक्षकले आक्रोश ब्यक्त गरेका हुन् । एसिया कपका बाँकी सबै खेल कोलम्बोमा खेलाइँदै छ । त्यसैले अन्य खेल पनि वर्षाका कारण प्रभावित हुने सम्भावना छ ।
त्यसैले अन्य खेल वर्षाबाट प्रभावित भए पनि ‘रिजर्भ डे’ को ब्यवस्था हुनुपर्ने माग उनले गरेका छन् । यसका अतिरिक्त श्रीलंकाली टोलीका प्रमुख प्रशिक्षक क्रिस सिल्भरउडले पनि एसीसीको उक्त निणर्यको विरोध गरेका छन् । उनले एसीसीले प्रतियोगितामा सहभागी सबै टोलीलाई समान ब्यवहार गर्नुपर्ने धारणा प्रशिक्षकद्वयले ब्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक