लालबन्दीबाट एक महिनामा १४ करोडको तरकारी निकासी

सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ ।
लालबन्दी नगरपालिका–७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आव २०८०/८१ को पहिलो महिना साउनमा रु १४ करोड ३९ लाख ६१ हजार छ सय ५० बराबरको तरकारी निकासी गरेको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार आव २०८०/८१ को पहिलो महिना साउनमा दुई करोड ८९ लाख नौ हजार छ सय किलो तरकारीबाट रु १४ करोड ३९ लाख ६१ हजार छ सय ५० बराबरको तरकारी निकास भएको हो ।
जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।
उनका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।
सङ्घीय सरकारअन्तर्गत रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलगोभी, बन्दा, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडे खुर्सानीलगायतका तरकारी निकासी हुने गरेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग