ललितपुर महानगर–१८ द्वारा एसईईमा उत्कृष्ट ३५ विद्यार्थीलाई सम्मान

ललितपुर । ललितपुर महानगरपालिका वडा–१८ ले एसइई २०७९ सालमा वडाबाट उत्कृष्ट स्थान ल्याउने ३५ विद्यार्थीलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य र वडा अध्यक्ष दामोदर खड्काले विद्यार्थीलाई सल र सम्झनाको चिनो दिएर सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै उपमेयर शाक्यले ललितपुर महानगरका २९ वडा मध्य १८ नम्बर वडा उत्कृष्टमध्येको रहेको बताइन् । उनले विद्यार्थीको उज्ज्वल भविष्यको लागि गरेको सम्मानले विद्यार्थीमा हौसला बढाएको जिकिर गरिन् । उनले वडाको विकासको लागि महानगरपालिका र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले वडाको पूर्ववत कार्यक्रम अनुसार एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको बताए । उनले भने, ‘हाम्रो यो सम्मानले समग्र वडाको शैक्षिक विकासको लागि महत्त्वपूर्ण हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
-
‘पञ्चायत’ का सफल अभिनेतालाई काम पाउनै सकस
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण
-
१० वर्षपछि इमरानको बलिउडमा कम्ब्याक, भूमि नायिका
-
सुन तस्करीको मुद्दामा अभिनेत्रीले पाइनन् जमानत