नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छ : गृहमन्त्री
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन् । शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै श्रेष्ठले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताएका हुन् ।
उनले भने, ‘यो बहुजातीय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यसको विशेषता भनेको विविधता बीचको एकता हो । यसको आफ्नै मौलिक पहिचान छ । धार्मिक र सांस्कृतिक जातीय सद्भाव र सहिष्णुता यसको मौलिक विशेषता हो । यो समाज सही सहिष्णुता सहित यो अघि बढिरहेको छ । यसको मौलिक विशेषता हो । हामीले एकातिर जातीय, मौलिक भाषिक, धार्मिक, लैङ्गिक उत्पीडनलाई अन्त्य गरेर पहिचान, अधिकार र विकासको पक्षमा संघर्ष गर्यौँ । त्यसको सन्दर्भमा धेरै उपलब्धि पनि हासिल गरेका छौँ । अझै हामीले त्यसलाई बेलामा सुनिश्चित गर्नु त छँदैछ । तर आज नेपालको यो विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँ कतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैन ? हामी सबै सचेत हुनुपर्ने आवश्यकता छ । आज जातीय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, विग्रह फैल्याउने खतराहरू पनि देखिरहेको छ । हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ । प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ । त्यसको निम्ति संगठित हुनुपर्छ । त्यस्तै अरूको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ । हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न पाओस् । परास्त गर्न सफल हुनुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको उल्लेख गरे । उनले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताविरोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताए । उनले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।
उनले भने, ‘आम जनसमुदायबाट व्यापक समर्थन प्राप्त भएको छ । यसलाई बिराम नलिईकन अघि बढाउनेछौँ । यो वास्तवमा नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास गर्नुछ, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने छ । नेपाली जनताको दैनिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुछ । आज ३० लाख भन्दा बढी सङ्ख्यामा रहेका खाडी मुलुकमा मलेसियामा रहेका श्रमिक नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आमाबुबाको काखमा, बालबच्चाको साथमा आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु छ । त्यसैले आजको हाम्रो मूल कार्यभार समृद्धिको कार्यभार हो । समृद्धिको कार्यभार पूरा गर्न सरकारले कमिसन खोर र भ्रष्टाचारको जुन जालोले देशलाई जर्जर बनाएको छ, सुशासन स्थापित नगरी समृद्धिलाई तीव्रता प्रदान गर्न सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित