बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

बाँके दुर्घटना : सामुदायिक वन उपभोक्ता महासंघद्वारा दुःख व्यक्त

शनिबार, २३ भदौ २०८०, १३ : ४६
शनिबार, २३ भदौ २०८०

काठमाडौँ । सात जनाको ज्यान जाने गरी बर्दिया जिल्लामा भएको बस दुर्घटनाप्रति सामुदायिक वन उपभोक्ता महासंघ नेपालले दुःख व्यक्त गरेको छ ।

बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका ८ मा रहेको वेतनी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरू भ्रमण सम्पन्न गरी दाङबाट बर्दिया फर्किने क्रममा बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगंजमा शुक्रबार राति नौ बजे बस दुर्घटना भएको थियो । 

दुर्घटनामा परी ७ जना उपभोक्ताहरूको मृत्यु तथा ३० जनाभन्दा बढी घाइते भएका छन् । ना ७ ख २३२१ नम्बरको बस रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिएको थियो । घाइतेहरूको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ । 

दुर्घटनाको खबरले महासंघ मर्माहत भएको जनाउँदै मृत्यु हुनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेको छ ।

अध्यक्ष ठाकुर भण्डारीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनामा परेका उपभोक्ताहरूको उपचार गर्न र आवश्यक सहयोग गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् ।

ban

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप