‘अधिकारका लागि लडेको माओवादीको अबको युद्ध सुशासन र भ्रष्टलाई तह लगाउने हो’

सुर्खेत। कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशका अपराधी र मानव तस्करहरुलाई सुलीमा चढाएर सजाय दिनुपर्ने बताएका छन्। एक–एक घटनाहरुको अनुसन्धान गरेर मान्छे बेच्ने मानव तस्करलाई सुलीमा चढाएर सजाय दिनुपर्ने उनको भनाइ छ।
शनिबार वीरेन्द्रनगरमा आईसिटी फोरम नेपालको कार्यक्रममा बोल्दै शाहीले यसबारे सरकारले अनुसन्धान गरिरहेको समेत बताए । उनले भने, ‘यसअघि अधिकारको लागि लडेको माओवादीको अबको युद्ध भनेको सुशासन र भ्रष्टलाई तह लगाउने हुनुपर्छ।’
माओवादीका केन्द्रीय सदस्य समेत रहेका नेता शाहीले देशमा यतिठुलो राजनीति परिवर्तन माओवादी कै कारण आएको बताए । ‘तर, माओवादी विरुद्ध नै सुचना, प्रविधिको प्रयोग गरेर अरुले हमला गरिरहेका छन्,’ उनले भने, ‘अब आइसिटी फोरमले त्यसको चिरफार गर्नसक्नुपर्छ।’
माओवादीले आइसिटी फोरम सञ्चालनमा ल्याउनुको प्रमुख कारण प्रविधिको प्रयोग गरी माओवादीमाथि भइरहेको हमलाको चिरफार गर्नु रहेको शाहीको भनाइ छ।
उनले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएसँगै सुचना, संचारको विषयमा कुरा गर्यौँ तर हामीले प्रयोग गर्न सकेनौँ, तर अरुले गरेर हामीमाथि नै हमला गरिरहे,’ उनीले भने, ‘उनीहरुले माओवादीबारे भ्रम छरे । अब हामीले टक्कर दिने गरि यो संगठनलाई अग्रसर गराउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
-
कुशलपछि आसिफ शेखको अर्धशतक
-
कुशलले तोडे दीपेन्द्रको रेकर्ड
-
काठमाडौँ विश्वविद्यालयमा अखिल (क्रान्तिकारी)ले थाल्यो रिले अनशन
-
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, भुवन महरा पुनः सभापति निर्वाचित
-
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प