यामालको रेकर्डमा स्पेनको गोल वर्षा

टब्लिसी । बार्सिलोनाका लमिन यामाल स्पेनका लागि खेल्ने सबैभन्दा युवा खेलाडी र गोलकर्ता बन्दा टोलीले जर्जियामाथि शानदार जीत हासिल गरेको छ । शुक्राबार भएको युरो २०२४ को छनोट खेलमा स्पेन ७–१ गोलले विजयी बनेको हो ।
मात्र १६ वर्ष ५७ दिनका यामाल पहिलो हाफमा ड्यानी ओल्मोको स्थानमा मैदानमा प्रवेश गरेका थिए । योसँगै यामालले यसअघि गाभीले बनाएको रेकर्ड तोडेका हुन् । सन् २०२१ मा गाभीले १७ वर्ष ६२ दिनको उमेरमा स्पेनका लागि डेब्यू गरेका थिए । यामालले खेलको ७४ औँ मिनेटमा स्पेनका लागि सातौँ गोल गर्दै अर्को रेकर्ड पनि राख्न सफल भए ।
खेलमा अल्भारो मोराटाले ह्याट्रिक गरे भने सोलोमोन कभिरकभेलियाको आत्मघाती गोल तथा ओल्मो र निको विलियम्सको गोलको मद्दतले स्पेनले सहज जीत हात पार्यो ।
यो वर्ष यामालका लागि उत्कृष्ट साबित भएको छ । गत अप्रिलमा उनी बार्सिलोनाका लागि ला लिगामा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।
शानदार जीतका बाबजुद स्पेन समूह ए मा दोस्रो स्थानमा सीमित छ । ३ खेलबाट ६ अङ्क बटुल्दै टोली दोस्रो स्थानमा रहेको छ । उता साइप्रासलाई हराउँदै स्कटल्याण्डले पाँच खेलमा पाँचौ जीत हासिल गरेर १५ अङ्कसहित समूहको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला