लागु औषध कारोबारीको सञ्जाल प्रदेशभर फैलिएको छ: मन्त्री साउद
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले खुला सीमा लागु औषध ओसारपसारको मुख्य चुनौती भएको बताएका छन् ।
शुक्रबार कैलालीस्थित फुलबारी जेसिजले ८ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री साउदले प्रदेश सरकार कुलतबाट युवालाई बचाउन लागि परेको बताए ।
लागू औषधबाट युवालाई बचाउने दायित्व सरकारमात्र नभएर समाजको पनि भएको बताउँदै मन्त्री साउदले बालबालिकालाई कुलतबाट बचाउन अभिभावक जिम्मेवार हुनुपर्ने बताए । उनले घरबाटै लागू औषध तथा कुलतबारे पनि जनाकारी गराउनु पर्नेमा जोड दिए ।
उनले भारतसँगको खुला सीमा भएकाले कारण प्रदेशमा लागु औषध तथा दुर्व्यसन थप चुनौतीपूर्ण बन्दै गएको बताए ।
लागू औषध ओसारपसारको जालो प्रदेशभर फैलिसकेको बताउँदै मन्त्रीले यसलाई रोक्न नसके दस वर्षमा कल्पना गर्न नसकिने अवस्था सिर्जना हुने बताए । उनले पुनः स्थापन केन्द्र खोल्ने मन्त्रालयको योजना भएको जानकारी समेत दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी विकले कुलतरहित समाज निर्माण नगरे देश नबन्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी