अधिवेशनमा होमियो मोरङ एमाले : प्रदेश अधिवेशनका लागि १७८ जना प्रतिनिधि छनौट
विराटनगर । नेकपा (एमाले) मोरङको १० औँ अधिवेशन आगामी पुस २७ र २८ गते हुने भएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले सो मितिमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि ९ औँ जिल्ला अधिवेशन २०७८ साल पुस २३ र २४ गते विराटनगरमा सम्पन्न भएको थियो । पार्टी केन्द्रको निर्णय बमोजिम मोरङ जिल्ला कमिटीको १० औँ अधिवेशन हुन लागेको हो । अधिवेशनका सन्दर्भमा थप निर्णयहरू पछि हुने नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । उनले जिल्ला अधिवेशनपछि १७ वटै पालिका कमिटीको अधिवेशन हुने बताए ।
बैठकले विराटनगरमा हुन लागेको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न गर्न सम्पूर्ण पार्टी पङ्क्ति परिचालन गर्ने निर्णयसमेत गरेको छ । अन्तर कमिटी निर्देशन बमोजिम आगामी असोज १२ र १३ गते हुने नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्कीको संयोजकत्वमा प्रदेश प्रतिनिधि संयोजन र व्यवस्थापन समिति गठन भएको छ । उक्त समितिले जिल्लाभरिबाट प्रतिनिधि छनौटका लागि समन्वय र सहजीकरण गर्ने अध्यक्ष पोखरेलले बताए ।
उनका अनुसार कोशी प्रदेश कमिटीको अधिवेशनका लागि मोरङबाट १७८ जना प्रतिनिधि छनौट हुनेछन् । जसमा १०० पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि छनौट गर्दा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । युवाहरूको सहभागीलाई पनि जोड दिइएको छ । मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन हुनेछन् । दलित समुदायको प्रतिनिधित्वका लागि प्रतिनिधि छनौट गर्न मुक्ति समाज जिल्ला कमिटी पदाधिकारीलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।
बैठकले वैचारिक, साङ्गठनिक तथा राजनीतिक कार्ययोजनासमेत निर्माण गरेर एमाले मोरङ अधिवेशनमा होमिएको अध्यक्ष पोखरेलले बताए ।
नेकपा (एमाले) मोरङका इन्चार्ज तथा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य विनोद ढकाल, युवराज बास्कोटा, रामलाल साह, जीवन घिमिरे, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित