कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन् ।
सर्वोच्च अदालतले बिहीबार ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै मुख्यमन्त्री नियुक्ति गरी शपथ गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सर्वोच्चले बिहीबार उद्धव थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत बदर गर्दै उनलाई मुख्यमन्त्रीबाट पदमुक्त गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजै पाँच सदस्य मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । एमालेका प्रमुख सचेतक रेवतीरवण भण्डारीका अनुसार कार्कीसहित तीलकुमार मिन्याङ्बो ऊर्जा तथा सिँचाइ मन्त्री, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री, पाँचकर्ण राई वनमन्त्रीमा नियुक्त हुनेछन् । यसैगरी सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त हुन लागेको भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए