१७ जना प्रतिवादीतर्फका कानुन व्यवसायीको सकियो बहस

काठमाडौँ । ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका १७ जना प्रतिवादी तर्फबाट बहस सकिएको छ ।
शुक्रबार ९ जना प्रतिवादीका कानुन व्यवसायीले थुनछेक बहस गरे । डिल्लीबजार मालपोतका तत्कालीन नासु योगराज पौडेल, खरिदार नारायणराज मिश्र, अमिन अरुण कुमार श्रेष्ठ, नापी अधिकृत ध्रुव प्रसाद अर्याल, बिचौलिया केशव तुलाधर, ‘नक्कली मोही’हरु बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजय कुमार महर्जनको तर्फबाट बहस सकिएको छ ।
यसअघि भाटभटेनी डेभलपमेन्ट प्रालिका संचालक मीनबहादुर गुरुङ, तत्कालीन नापी सर्वेक्षक घमन कुमार कार्की, डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की र समरजंग कम्पनीका सहायक लेखापाल विनोद प्रसाद पौडेलको तर्फबाट बहस भएको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा यसअघि शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा तर्फबाट बहस भइसकेको छ ।
बालुवाटारको जग्गा हिनामिना प्रकरणमा १८ जना थुनामा छन् । अब, समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेतर्फका कानुन ब्यवसायीको बहस हुन बाँकी छ । घिमिरेका कानुन व्यवसायीले आइतबार बहस गर्दैछन् ।
क–कसले गरे बहस ?
शुक्रबार तत्कालीन नासु योगराज पौडेलको तर्फबाट वरिष्ठ अधिवक्ता रवि नारायण खनालसहित दुईजना अधिवक्ताले बहस गरेका छन् ।
प्रतिवादी नारायण राज मिश्रको तर्फबाट अधिवक्ता डा. रमेश बराल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बहस गरे ।
तत्कालीन अमिन अरुण कुमार श्रेष्ठको तर्फबाट अधिवक्ता न्हुच्छेनारायण श्रेष्ठ र बद्री पाठकले बहस गरेका छन् । प्रतिवादी ध्रुव प्रसाद अर्यालको तर्फबाट अधिवक्ता सोमराज तिमल्सिना, वरिष्ठ अधिवक्ता ओम थपलिया र अधिवक्ता संजिव आचार्यले बहस गरेका छन् ।
प्रतिवादी केशव तुलाधरको तर्फबाट अधिवक्ता क्रमिका महर्जन, रमेश महर्जन र भरत प्रसाद खरेलले बहस गरे ।
मोहिहरु बाबुराजा महर्जन र देवनारायण महर्जनको तर्फबाट अधिवक्ता हेममणी सुवेदीले बहस गरेका छन् । प्रतिवादीहरु सकलानन्द महर्जन र संजय कुमार महर्जनको तर्फबाट वरिष्ठ अधिवक्ता ज्ञानेन्द्र प्रसाद पोखरेल, अधिवक्ताहरु कृष्ण कुमार श्रेष्ठ, निरन्जन कुमाार खड्का र अर्जुन बासुले बहस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने