गोलरहित बराबरीमा सकियो नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल
काठमाडौँ । नेपाल र म्यानमारबीच शुक्रबार खेलिएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । उक्त खेल म्यानमारको याङ्गुमान खेलिएको थियो । खेलका क्रममा दुबै टोलीले गोल गर्ने केही गतिला अवसर खेर फालेका थिए ।
नेपालले म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल आगामी सोमबार खेल्नेछ । नेपालले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको छनोटको प्रारम्भिक चरणको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
नेपालले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ तारिखमा लाओसको सामना गर्दैछ । मैत्रीपूर्ण खेल खेल्न म्यानमारमा रहेको नेपाली टोलीमा गोलरक्षकका रुपमा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् ।
डिफेन्डरमा सनिस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई र छिरिङ लामा रहेका छन् । मिडफिल्डरमा एरिक बिष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवाश लामिछाने, उत्सव राई र कृतिषरत्न छुन्जु रहेका छन् । स्ट्राइकरमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया रहेका छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा भिनसेन्जो अल्बर्टो रहेका छन् । टोलीका अन्य पदाधिकारीमा प्रवेश कट्वाल, विनोद महर्जन, उत्तम राजभण्डारी, आविष्कार पुडासैनी, दीपेन्द्र धिमाल, विकास गुरुङ र सुवाष लामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल