प्रदीप गिरिको नाममा अस्पताल खोल्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको नाममा अस्पताल खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदीप गिरि मेमोरियल ट्रस लाहनले गरेको कार्यक्रममा मेमोरियल अस्पताल खोल्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
साथै लहानको बस्तीपुरमा सडक पूर्वाधार विकासमा पनि सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । गिरि नेपालको राजनीतिक, सामाजिक रूपान्तरणका एक मौलिक विलक्षण चिन्तकको धनी रहेको उनले स्मरण गरे ।
‘उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन र राजनीतिक विश्लेषण आफ्नै आफ्नै मौलिक दृष्टिकोण थियो’, गिरिलाई सम्झँदै प्रचण्डले भने- ‘राज्यले आतङ्ककारी घोषणा गरी हाम्रो टाउकोको मूल्य तोकेको अवस्थामा माओवादी सशस्त्र विद्रोह राजनीतिक समस्याको रूपमा विश्लेषण गर्नुभयो । त्यहीअनुसार देउवासँग भेट गराउनुभयो ।’
गिरिले पुर्याएको योगदान, दार्शनिक चिन्तन, राजनीतिक विश्लेषण पछिको पुस्तासम्म स्मरण रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा