एसिया कप : भारत–पाकिस्तान खेलका लागि राखियो रिजर्भ डे
शुक्रबार, २२ भदौ २०८०, १६ : २८

काठमाडौँ । वर्षालाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिलले भारत–पाकिस्तान खेलको लागि रिजर्भ डे राख्ने निर्णय गरेको छ । यसको अर्थ अब यदि खेल १० सेप्टेम्बरमा पूरा भएन भने अर्को दिन अर्थात् सेप्टेम्बर ११ मा सम्पन्न हुनेछ ।
यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने तय छ । कोलम्बोमा आगामी दुई साता भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।
यसबाहेक अन्य कुनै खेलमा वर्षा भए रद्द हुन सक्नेछ । एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।
यस खेलमा भारतले पहिले ब्याटिङ गर्दै २६६ रन बनाए पनि वर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक