त्रिवि शिक्षण अस्पतालले माग्यो ५० जना स्टाफ नर्स
शुक्रबार, २२ भदौ २०८०, १५ : ५०

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले करारमा स्टाफ नर्सहरू माग गरेको छ ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै करारमा नियुक्ति गर्न ५० जना स्टाफ नर्स माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्र्सङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिला र ४० वर्ष ननाघेको पुरुषले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
इच्छुकले आवेदन आजदेखि असोज ५ गतेसम्म दिन सकिनेछ । यस्तै, आवेदन चिकित्सा शास्त्र अध्ययन www.iom.edu.np/staffnurse2080/public मार्फत अनलाइन फाराम भर्न सकिने उल्लेख गरिएको छ ।
परीक्षा असोज १३ गते हुनेछ भने परीक्षाको समय र परीक्षा केन्द्र भने अर्को सूचना प्रकाशन गरी जानकारी दिइने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना