बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
शिक्षा

राजधानी मोडेल कलेज : शैक्षिक उत्कृष्टताको पहिलो दशक

शुक्रबार, २२ भदौ २०८०, १४ : २६
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरमा अवस्थित राजधानी मोडेल कलेजले यस वर्ष स्थापनाको पहिलो दशक पार गरेको छ । सन् २०१३ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बीबीए (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेशन) कार्यक्रमबाट पठनपाठन सुरु गरेको यस कलेजले छोटो समयमै आफूलाई उत्कृष्ट नमुना बिजनेस कलेजको रूपमा स्थापित गर्न सफल भएको छ ।  

एउटा कार्यक्रम मात्र सञ्चालन गरेर सुरु भएको यस कलेजमा हाल अन्डर ग्रेजुएट लेबलमा बीबीए (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेशन) र बीएचएम (ब्याचलर इन होटेल म्यानेजमेन्ट) र ग्रेजुएट लेबलमा एमबीए (मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन) लगायतका कार्यक्रम सञ्चालनमा छन् । 

राजधानीको बीबीए, बीएचमलाई देशकै केही उत्कृष्ट कार्यक्रमहरूमध्ये लिइन्छ  भने एमबीए कार्यक्रम अध्ययन र रोजगारलाई सँगसँगै अगाडि बढाउन चाहने प्रोफेसनल विद्यार्थीहरूको माझमा पहिलो रोजाई बन्न सफल भएको छ । 

_MG_0157

यस कलेजबाट उत्तीर्ण विद्यार्थीहरू विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूमा उत्कृष्ट नतिजा दिन सफल भएका छन् । थुप्रै विद्यार्थीहरूले आफ्नै पहलमा उद्यमशीलता सुरु गरेका छन् । र विभिन्न पेसागत क्षेत्रमा संलग्न विद्यार्थीहरूले पनि उच्चतम सफलता हासिल गरिरहेका छन् ।  

विश्वविद्यालयको नतिजामा पनि राजधानी पनि अब्बल रहेको छ । प्रत्येक वर्ष दर्जनौँ विद्यार्थीहरू डिन लिस्टमा आउन सफल भएका छन् । अत्यन्त अनुभवी, दक्ष र प्रतिष्ठित प्राध्यापकहरूबाट शिक्षण सिकाई क्रियाकलाप हुँदै आएको छ ।  

विद्यार्थीको अन्तर्निहित क्षमता पहिचान गरी उनीहरुको सर्वाङ्गीण विकासमा सहयोग गर्नु पाठ्यक्रमको उद्देश्य छ । 

क्रेडिट कोर्षहरुसँगै जीवनोपयोगी सीपमूलक तालिमका कार्यक्रमहरूलाई पाठ्यक्रमको अभिन्न अङ्गको रूपमा सँगसँगै सञ्चालन गरिरहेको छ । विद्यार्थीहरूलाई बढीभन्दा बढी व्यक्तित्व र नेतृत्व विकासका कार्यक्रमहरूमा सरिक बनाएको छ । उनीहरूलाई स्वावलम्बी बन्न र रोजगार र पढाइलाई सँगसँगै अगाडि बढाउन प्रेरित गरिरहेको छ ।  

_MG_0198

राजधानीमा विद्यार्थीलाई विषयगत ज्ञान सँगसँगै प्रयोगात्मक अभ्यासमा बढी केन्द्रित गराइन्छ । शैक्षिक भ्रमण, स्थलगत निरीक्षण, औद्योगिक अवलोकनको माध्यमबाट अध्ययन र अनुसन्धानलाई सँगसँगै बढाइन्छ । त्यस्तै सेमेस्टर प्रोजेक्टको माध्यमबाट विद्यार्थीहरूलाई सिर्जनात्मक काममा लगाइन्छ । आजको प्रतिस्पर्धात्मक विश्व बजारमा सफल हुन सक्ने ज्ञान, सीप, अनुभवहरू दिइन्छ । 

राजधानीका ग्रेजुएटहरु थुप्रै बैंक, इन्सुरेन्स, कर्पोरेसनहरूमा राम्रो पेसागत सफलता पाइरहेका छन् । बीएचएम ग्रेजुएटहरु स्वदेशी तथा विदेशी उत्कृष्ट होटलहरुमा रोजगारीका अवसरहरु पाइरहेको कलेजका संस्थापक प्रिन्सिपल केपी पन्तले बताए । अरु थुप्रै विद्यार्थीहरू आफैँले उद्यमशीलता सुरु गरेका छन् । उल्लेख्य विद्यार्थीहरूले स्वदेशी तथा विदेशी विश्वविद्यालयहरूमा छात्रवृत्तिमा पढ्ने अवसर पाइरहेका छन् । समग्रमा यहाँका विद्यार्थीहरूको शैक्षिक तथा पेसागत सफलता लोभलाग्दो देखिन्छ ।  

358048752_679733327508076_5078576443038324188_n

‘यहाँबाट विदेश जाने विद्यार्थीहरूले बिसौँ घण्टा जे काम पायो त्यही काम गरेर कति दुःखसँग पढाइलाई अगाडि बढाउन सङ्घर्षरत छन् । यहाँ हामी हाम्रा विद्यार्थीहरूलाई दिनभरि सुत्न दिइरहेका छौँ । यो प्रवृत्ति अन्त्य हुनुपर्छ । एक सिफ्ट पढाई र अर्को सिफ्ट रोजगारको लागि अभिप्रेरित गर्दै अवसर सिर्जना गरिदिनुपर्छ,’ प्रिन्सिपल पन्तले भने, ‘मैले राजधानीमा अध्ययनरत विद्यार्थीहरूलाई सकेसम्म काम र पढाइलाई सँगसँगै लैजान सहयोग गर्ने गरेको छु । हाम्रा विद्यार्थीहरूले इन्टर्नसिप मात्र होइन, कलेज जीवनमै विभिन्न केजुअल र अन्य दिगो रोजगारलाई अपनाएर कमाउँदै पढ्दै वास्तविक जीवनयापनको तयारी गर्छन ।’

355853754_672361984911877_2853995096377126934_n

राजधानीमा बीबीए, बीएचम र एमबीएको सिमित कोटा हुनु पनि विद्यार्थीको लागि अवसर बनेको छ । जसले गर्दा विद्यार्थीले धेरै भन्दा धेरै अवसर प्राप्त गर्न सकेका छन् । कलेज व्यवस्थापन, शिक्षक एवम् विद्यार्थीहरूको अत्यन्त न्यानो पारिवारिक वातावरणमा पढाई लेखाई गर्न पाउँछन् । सबै कलेजमा सबैले सबैसँग घुलमिल हुन पाउने अवसर हुदैन । तर, यहाँ भने सबै विद्यार्थीहरूको असाध्यै न्यानो सम्बन्ध रहेको छ । 

राजधानी मोडेल कलेजमा प्रत्येक विद्यार्थीका अन्तर्निहित क्षमता पत्ता लगाई त्यहि आधारमा अगाडि बढ्न सहज भएको छ । कलेजले नियमित शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक अभ्यासमा विशेष जोड दिन्छ । त्यसको अलावा विद्यार्थीलाई ‘रियल लाइफ स्किल’ मा बढी फोकस गर्दै आएको छ ।  

358637291_679720537509355_7550829350638479434_n

कलेजले विद्यार्थी अभिमुखीकरण कार्यक्रम अन्तर्गत नियमित रूपमा कम्युनिकेसन, प्रिजेन्टेशन, पब्लिक स्पिकिङ, इलोकुशन, फाइनान्सियल लिटरेसी, डिजिटल मार्केटिङ, आईटी, डिजाइनिङ, स्टक मार्केट, अकाउन्टिङ, अडिटिङ लगायतका विधामा तालिमहरु सञ्चालन गर्छ । 

त्यस्तै बीएचएमका विद्यार्थीहरूलाई कुलिनरी आट्र्स, मिक्सोलोजी, वाइन टेस्टिङ, बार टेण्डिङ, फ्लेयरिङ, बरिस्ता, फुड फेस्टिबल र हस्पिटालिटी भिजिटको माध्यमबाट अभिमुखीकरण गरिन्छ । पोखरा विश्वविद्यालयकै अग्रणी संस्थाको रूपमा विकास भइरहेको छ । 

विश्वविद्यालयसँगै कलेजले समेत प्रदान गर्छ छात्रवृत्ति 

पोखरा विश्वविद्यालयले हरेक कक्षामा १० प्रतिशत पूर्ण छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरू पठाउँछ । र कलेजले पनि विद्यार्थीहरूको निड र मेरिटको आधारमा थप छात्रवृत्तिको अवसरहरू प्रदान गर्ने गरेको छ । 

आर्थिक अभाव वा विद्यार्थीको चाहना अनुसार पैसा नभएर पढ्नबाट वञ्चित नहुन भन्ने उद्देश्यले कलेजले त्यसमा विशेष जोड दिने गरेको छ । 

363817308_696702775811131_7853174275899166941_n

पाठ्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाई रोजगारी र जीविकोपार्जनसँग जोड्न सकियो भने विद्यार्थीहरूले नेपालमै अवसरहरू देख्न थाल्ने उनको भनाई छ । त्यसले विद्यार्थी पलायनको समस्यालाई रोक्न मदत गर्ने प्रिन्सिपल पन्तले बताए । 

‘हामीले अब यसलाई मोर फेलेक्जिबल, जब ओरिएन्टेड, स्किलसँग जोड्ने खालको बनाउनुपर्छ । विदेशमा अध्ययन र रोजगारको अवसर सँगसँगै छ । हाम्रो शिक्षाले पनि दुवै कुरालाई जोड्न सक्नुपर्छ’ पन्तले भने । 

क्याम्पसले हरेक वर्ष विभिन्न अभिमुखीकरण कार्यक्रम गर्नुका साथ साथै कल्चरल इभेन्टहरू, फेयरवेल तथा फेस्टिभल कार्यक्रम, जब मेला, वार्षिक खेलकुद जस्ता कार्यक्रम हुँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप