फोटोफिचर
आरती साह प्रकरण : परिवारका सदस्यद्वारा कपाल मुण्डन गरेर विरोध (तस्बिरहरु)
शुक्रबार, २२ भदौ २०८०, १२ : १३

काठमाडौँ । आरती साहको न्यायका लागि काठमाडौँ माइतीघरमा धर्नामा बसेका उनका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् । साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको ८५ दिन पुग्दा पनि बेवास्ता गरिएको भन्दै शुक्रबार कपाल मुण्डन गरेर विरोध गरेका हुन् ।
‘आरती साहको परिवारको लागि यो सरकार मरिसकेको छ र हिन्दु धर्मअनुसार मरिसकेको मान्छेको नौकेस श्राद्ध गर्ने परम्परा’ अनुसार कपाल मुण्डन गरिएको धर्नामा बसेका एक सदस्यले बताए ।
धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहको दाइजोको कारण परिवारबाट नै हत्या भएको माइती पक्षको दाबी छ । उनको माइती पक्ष घटनाको सत्यतथ्य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राखी विगत ८५ दिनदेखि माइतीघर मण्डलामा लगातार २४ घण्टे धर्नामा बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?