नेपालबाट गिद्ध किन लोप हुँदैछन् ?
गिद्ध प्राकृतिक कुचीकार हुन् । यिनले ठूला मृत जनावर खाएर वातावरण सफा गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । पौराणिक कथाअनुसार सीतालाई रावणको चङ्गुलबाट बचाउन गिद्धको राजाले आफ्नै बलि दिएका थिए । जोरोस्ट्रियनवादको अनुयायीहरू परम्परागत रूपमा लासको तह लगाउने काममा गिद्धमा आश्रित थिए । त्यसैले पारसी समुदायका लागि धेरै शताब्दीसम्म महत्त्वपूर्ण पारिस्थितिक प्रणाली सेवा पुर्याउन गिद्धले मद्दत गरेको देखिन्छ ।
वातावरण सन्तुलनको भूमिका
नेपालमा करिब १५ देखि २० हजार गिद्ध भएको अनुमान छ । तीमध्ये सेतो रम्पेड र पातलो बिलेड प्रजातिका नेपालमा पाइन्छन् । गिद्धलाई खुला रूपमा देख्न सकिन्छ । तिनीहरूले खुला ठाउँमा रहेको सिनो खाएर वातावरणको सफा गर्ने महत्त्वपूर्ण काम गर्दछन् ।
सन् १९९५ देखि २००९ सम्ममा करिब ९० प्रतिशत सेतो रम्पेड तथा पातलो बिलेड गिद्धहरूको सङ्ख्या घटेर गएको विभिन्न अध्ययनले देखाएका छन् । पछिल्ला वर्षहरूमा सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रले गिद्ध संरक्षणका प्रयास थालेका छन् । नेपालमा पनि गिद्ध प्रजनन केन्द्र स्थापना गरिएको छ । गिद्ध भोजनालयको स्थापना गरिएको छ । गिद्ध संरक्षण प्रतिष्ठान गठन गरिएका छन् । गिद्धहरू वातावरणको प्राकृतिक सफाइकर्ता हुन् । यसले मृत एवं कुहिएको जनावर हुनाले माटोमा खनिज फिर्तीको प्रक्रियालाई बढवा दिन्छ । त्यस्तै मृत जनवारलाई निमिट्यान्न पारेर खाने हुनाले त्यसबाट रोग फैलने प्रक्रियालाई रोक्ने काम गर्छ । गिद्धको अभावमा भुस्याहा कुकुरको सङ्ख्या बढ्छ । त्यसले गर्दा रेबिज जस्ता रोग फैलिन सक्छ ।
दक्षिण एसिया क्षेत्रमा गिद्धका विभिन्न नौ प्रजाति रहेका छन् । तीमध्ये नेपालमा ६ वटा प्रजातिका गिद्ध रहेका छन् । तिनीहरू सेते रम्पेड (जिप्स बेगालेन्सिस) पातलो बिलेड (जिप्स टेनुइरोस्ट्रिस) अन्तर्गतका हुन् । इजिप्सियन गिद्ध (मियोफ्रोन परसेनोप्टेरस) रातो टाउके गिद्ध (सारकोजिप्स कालभस), हिमालयन ग्रिफोन (जिप्स हिमालाएनसीस) र लाम्मेरजिएर गिद्ध (जिपिएटस बारबाटस) हुन् ।
अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण सङ्घ (आईसीयूएन) ले जीवन क्रियाशील भइरहेको बेला बाँच्ने सम्भावना कम भएका तथा लोप हुन सक्ने प्राणीलाई खतरामा रहेको प्रजाति भनेको छ । आर्कोतिर लोप हुने उच्च जोखिममा रहेका जङ्गली प्रजाति जुन निकट भविष्यमा हराएर जाने सम्भावना भएका प्रजातिलाई आलोचनात्मक लुप्त प्रायः प्रजाति भनिएको छ ।
बढ्दो विषादीको प्रयोग
पशुपालक किसानहरूले पशुलाई निरोगी बनाउन विभिन्न किसिमका औषधीको प्रयोग गर्छन् । त्यस्ता औषधीमध्ये एनालजेसिक डिकलोफेनाक पनि एक हो । यो औषधी किसानले अत्यधिक प्रयोग गर्छन् ।
यो औषधी गाईभैँसीको जोर्नी दुखाइको उपचारका लागि प्रयोग हुन्छ । नेपालमा मात्र होइन भारतमा पनि किसानहरूले पशुहरू बिरामी भए भने यो औषधी प्रयोग गर्छन् । त्यस्तो औषधी पशुको शरीरबाट बाहिर निस्कन लामो समय लाग्छ । पशु मर्दा पनि यो औषधीको प्रभाव शरीरमा रहिरहन्छ । साथै यो औषधीले मिर्गौलालाई पनि असर गर्छ । यो औषधीको प्रयोग भएका विषाक्त अवशेषसहित लासलाई गिद्धले खाए भने मर्छन् । किनभने त्यसले गिद्धको मिर्गौलालाई पनि यसले असर गर्छ । अनि मिर्गौलाले काम गर्न छाड्छ र गिद्ध मर्छन् ।
त्यस्तै गाईबस्तु मार्ने मांसाहारी पशुलाई मार्न चारोको रूपमा प्रयोग गरिने विषालु सिनो पनि नेपालमा गिद्धका लागि खतरा मानिन्छ । दुर्घटनावश गिद्धले त्यस्ता सिनो खाँदा गिद्धहरू मर्छन् ।
यस्तै चोरी सिकारी गर्नेहरूले वन्यजन्तुको छाला, हात्तीका दाँत, बिना, सिङ, पित्त, मृगको सिङ जस्ता अङ्गका लागि यस्ता जनावरहरूलाई विष हालेर मार्ने गर्दछन् । त्यसरी मरेर छोडेका वन्य जन्तुको सिनो गिद्धले खाँदा गिद्ध पनि मर्ने गरेका छन् ।
जङ्गली चितुवा, बाघ, स्याल, ब्वाँसोको बढ्दो आक्रमणले पनि गिद्धको सङ्ख्या न्यून भएको हो ।
त्यसैगरी कीटनाशक विषादीको प्रदूषणले पनि गिद्ध मर्ने खतरा मानिन्छन् । क्लोरिनेटेड हाइड्रा कार्बन, डीडीटी (डाइक्लोरो डाइफेनाइल ट्राइक्लोरोइथेन) किटनाशक विषदीका बालीनाली सपार्न प्रयोग गरिन्छ । त्यस्तो बाली खाँदा जनावरहरूको मृत्यु हुन्छ । त्यस्तो विषदीयुक्त सिनो खाँदा गिद्धका शरीरमा पनि विष प्रवेश हुन्छ । त्यसबाट गिद्धको शरीरमा इस्ट्रोजन हर्मोनमा गडबढ गर्छ । त्यस्ता गिद्धले अण्डा पारे पनि त्यसका बोक्रा कमजोर हुन्छन् । फलस्वरूप समयपूर्व फूल कोरल्न पुग्दा भ्रूणहरूको मृत्यु हुने गर्छ ।
सामान्यतः गिद्धले एक पटकमा एउटा मात्र अण्डा पार्छ । प्राकृतिक रूपमा यिनको प्रजनन दर सुस्त हुन्छ ।
अहिले सरकारले डाइक्लोफेनाक औषधीमाथि प्रतिबन्ध लगाएको छ । त्यसको विकल्पका रूपमा मालोकसिकाम प्रयोग गर्न सिफारिस गरको छ । तर त्यो औषधी अझै गैर कानुनी रूपमा लुकिछिपी किसानले प्रयोग गरिराखेका छन् । त्यसैले गिद्ध मर्नेक्रम जारी छ ।
आज गिद्धहरू नेपालबाट हराउँदै जानु एउटा गम्भीर चिन्ता र चासोको विषय बनेको छ । तत्काल यो चरा संरक्षण गरिनु पर्छ । डिक्लोफेनाकको प्रभावकारी वैकल्पिक औषधीको विकास गर्नु आवश्यक छ । अहिले उपलब्ध हुँदै आएको मेलोकसिकामलाई अनुदान दिनुपर्ने आवश्यकता डट्कारो रूपमा देखिएको छ ।
नियन्त्रित प्रजनन गिद्धहरूलाई पुनः जङ्गली अवस्थामा पुनर्स्थापना गर्ने गरी बन्धन प्रजनन कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
गिद्धका भोजनालय विषादीयुक्त, स्वच्छ, सफा तथा स्वस्थ्य वर्द्धक बनाउनु आवश्यक छ । नासिँदै गएका प्राकृतिक वासस्थान पुनः स्थापित गर्नु आवश्यक छ । यस्तै कृषिक्षेत्रमा बालीनाली बोटबिरुवामा लाग्ने कीराफट्याङ्ग्रा नियन्त्रण गर्ने क्लोरिनेटेड हाइड्रकार्बन, डीडीटी जस्ता कीटनाशक औषधीको प्रयोगमा पूर्ण निषेध हुनुपर्छ । अनि मात्र यी प्रकृतिका कुचीकार सुरक्षित मात्र हुने छैनन्, हाम्रो वरिपरिको वातावरण पर्यावरण अनि पारिस्थितिक प्रणाली सुरक्षित रहने छ । अनि मात्र मानव जनसमुदाय पनि सुरक्षित रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?
-
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
ट्रम्पकी बुहारीले फिर्ता लिइन् सिनेटको सिटमा दाबी