चीनमा प्रतिबन्धको रिपोर्टपछि एप्पललाई ठुलो झट्का, २ सय बिलियन डलरले मूल्यमा गिरावट
![चीनमा प्रतिबन्धको रिपोर्टपछि एप्पललाई ठुलो झट्का, २ सय बिलियन डलरले मूल्यमा गिरावट](https://npcdn.ratopati.com/media/news/apple_A7hNA2wOOn.jpg)
बेइजिङ । चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाउने रिपोर्ट सार्वजनिक भएपछि एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट देखिएको छ ।
पछिल्ला दुई दिनमा कम्पनीको बजार मूल्य ६ प्रतिशतभन्दा बढी अर्थात् २ खर्ब डलर ९२०० बिलियन डलर० ले घटेको हो । चीन एप्पलको तेस्रो ठुलो बजार हो । गत वर्ष कूल आम्दानीको १८ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।
त्यस्तै, चीनमा नै फक्सकनबाट एप्पलका धेरै उत्पादनहरू निर्माण गरिन्छन् । बुधबार वाल स्ट्रिटमा प्रकाशित रिपोर्टमा बेइजिङले केन्द्रीय सरकारी एजेन्सीका अधिकारीहरूलाई काममा आईफोन प्रयोग नगर्न निर्देशन जारी गरेको उल्लेख गरिएको थियो ।
त्यसको भोलिपल्ट ब्लुम्बर्गले यो प्रतिबन्ध राज्यद्वारा सञ्चालित कम्पनी र एजेन्सीका कर्मचारीमा पनि लागू हुने बताएको थियो ।
१२ सेप्टेम्बरमा आईफोन १५ लञ्च हुनअघि यी रिपोर्टहरू प्रकाशित भएका हुन् । चिनियाँ सरकारले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन । २८ खर्ब डलर (२.८ ट्रिलियन डलर) सहित एप्पल विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी हो । मूल्यमा गिरावटबारे प्रतिक्रिया माग गर्दा कम्पनीले तत्कालै कुनै जवाफ नदिएको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?
-
प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबिच भर्चुअल बैठक
-
सरकारले गठन गरेको वार्ता समितिसँग मुक्कुमलुङ संरक्षण समितिले वार्ता नगर्ने
-
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न
-
एक वर्षमा २ हजार बढी कुष्ठरोगका बिरामी फेला