सहमहामन्त्री यादवमाथिको आक्रमणले राज्यको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्यो : सभापति बानियाँ
बिहीबार, २१ भदौ २०८०, १९ : ३९

काठमाडौँ । नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सभापति बानियाँले बिहीबार विज्ञप्ति जारी गरेर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सह–महामन्त्री यादवमा बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आपराधिक समूहद्वारा भएको धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनले सह–महामन्त्री यादवलाई धारिलो हतियार प्रहार गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
सभापति बानियाँले राजधानीको मुटु भृकुटीमण्डप जस्तो ठाउँमा सह–महामन्त्री यादवमाथि सांघातिक आक्रमण हुनु राज्यको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते