भारतविरुद्ध छक्का प्रहार गर्ने कुशल र सोमपाललाई नगद पुरस्कार प्रदान

काठमाडौँ । एसिया कप क्रिकेटमा भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई इन्स्पायर नोबल फाउन्डेसनले नगद पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनले छक्का प्रहार गर्ने खेलाडीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।
एसिया कपमा भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई प्रति खेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । फाउन्डेसनले बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा छक्का प्रहार गर्ने खेलाडी कुशल भुर्तेल र सोमपाल कामीलाई एक—एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्यो ।
भारतविरुद्धको खेलमा कुशल र सोमपालले दुई—दुई छक्का प्रहार गरेका थिए । कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरेका थिए । फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।
इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिएका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
-
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
-
के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
चीन र अमेरिकाबीचको व्यापारबारे के भन्छ चिनियाँ थिंक ट्याङ्क ?