बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राप्रपा एकतावद्ध छः पशुपतिशमशेर

बिहीबार, २१ भदौ २०८०, १७ : ३६
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राप्रपा पार्टी एकतावद्ध भएको बताएका छन् । 

बिहीवार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताएका हुन् । उनले राप्रपा एकतावद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने बताए । 

उनले भने,  ‘कानून, बहुदलिय प्रजातन्त्र सबैले मान्नुपर्छ यो राप्रपाको मान्यता हो । पार्टी एकजुट छ । राप्रपा, राप्रपा छ । एकतावद्ध छ । यसमा कुनै शंकै छैन ।’

उनले नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरिएकोप्रति निन्दा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप