नेदरल्यान्ड्सले विश्वकप खेल्ने टोली घोषणा गर्यो

काठमाडौँ । यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेदरल्यान्ड्सले आफ्नो टोली घोषणा गरेको छ । नेदरल्यान्ड्सको टोलीमा तीनजना खेलाडीलाई फिर्ता बोलाइएको छ ।
कोलिन एकरम्यान, पल भान मिकेरन र रोएलोफ भान डेरलाई टोलीमा फिर्ता बोलाइएको हो । यसअघि जिम्मबोबमा सम्पन्न एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा यी तीन खेलाडी टोलीमा सहभागी थिइनन् । नेदरल्यान्ड्सले बिहीबार घोषणा गरेको १५ सदस्यीय टोलीमा साइब्रान्ड एङ्गलब्रेच्टलाई पनि स्थान दिइएको छ । ब्याट्सम्यान साइब्रान्ड दक्षिण अफ्रिकामा जन्मिएका हुन् । उनले उमेरसमूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
विश्वकपका लागि घोषित टोलीमा स्कट एडवार्डस ९कप्तान०, कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर रहेका छन् । नोच क्रोएस र काइली क्लेइनलाई अतिरिक्त खेलाडीका रुपमा टोलीमा समावेश गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक
-
संसारकै लामो धार्मिक पदयात्रा मिथिला परिक्रमा सुरु, यस्तो छ परिक्रमा पथ
-
रेफ्रीमाथि खनिएपछि चार खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
-
समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ फूलपातीमा आउने घोषणा
-
ब्राजिलियन प्रतिद्वन्द्वीलाई हराउँदै अर्जेन्टिनी क्लबले चुम्यो उपाधि
-
सार्वजनिक स्थलमै पतिले नाक टोकिदिएपछि...